अफगानिस्तान विरुद्धको वानडे सिरिज वेस्ट इन्डिजद्वारा ‘क्लिन स्विप’

काठमाडौंः अफगानिस्तान विरुद्धको एकदिवसीय क्रिकेट सिरिज वेस्ट इन्डिजले ‘क्लिन स्विप’ गरेको छ ।

अन्तिम खेलमा ५ विकेटले जितसँगै वेस्ट इन्डिजले ३–० ले सिरिज ‘क्लिन स्विप’ गरेको हो ।

अफगानिस्तानले दिएको २ सय ५० रनको लक्ष्य वेस्ट इन्डिजले ४८.४ ओभरमा पूरा गर्‍यो ।

उसका लागि ओपनर शाई होपले शतक बनाए ।

उनी ३ छक्का र ८ चौकाको मद्दतमा १४५ बलमा १०९ रन नटआउट रहे ।

अफगानिस्तानसँगको यो सिरिजमा होपले उत्कृष्ट ब्याटिङ गरे ।

उनले पहिलो खेलमा ४३ र दोस्रो खेलमा नटआउट ७७ रन बनाएका थिए ।

सिरिजको अन्तिम खेलमा रोस्टन जेसले अविजित ४२, ब्रेन्डन किङले ४२, कप्तान किरण पोलार्डले ३२, निकोलश पूरनले २१ र इभन लुइसले १ रनको योगदान दिए ।

बलिङमा मुजीउर रहमानले २, मोहम्मद नाबी, राशिद खान र शराफुद्दीन अशरफले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको ७ विकेट गुमाएर १ सय ४९ रन बनायो ।

उसका लागि अश्घर अफगानले ६ छक्का र ३ चौकाको मद्दतमा ८५ बलमा ८६ रन बनाए ।

यस्तै मोहम्मद नाबीले नटआउट ५०, हजरतुल्लाह जजाईँले पनि ५०, नजिबुल्लाह जर्दानले ३० रनको योगदान दिए ।

बलिङमा वेस्ट इन्डिजका किमो पउलले ३, अल्जारी जोसेफले २, रोस्टन जेस र रोमारियो शेफर्डले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्