बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको स्वागतमा सिंगारियो काठमाडौं

काठमाडौंः जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

उनी नेपालमा कार्तिक २६ गतेदेखि २९ गतेसम्मको औपचारिक भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपालका राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता हुनेछ ।

याे पनि पढ्नुस  संविधान दिवसः २ सय ६० को कैद सजाय कट्टा, २२ लाई सजाय माफी

त्यस्तै उनले नेपालमा रहँदा पोखरा तथा काठमाडौका विभिन्न ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्ने मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्