भारतीय प्रख्यात गायिका लता मंगेशकर गम्भीर बिरामी, आईसीयूमा भर्ना

काठमाडौंः भारतीय प्रख्यात गायिका लता मंगेशकर गम्भीर बिरामी परेकी छन्।

छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसोदेखि उनलाई मुम्बईको ब्रीच केन्डी अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको छ।

उनको स्वास्थ्य स्थिर रहेको लताका सहयोगी अनुषा श्रीनिवासनले जनाएका छन्।

‘९० वर्षीया लता मंगेशकर आईसीयूमा छिन्, उनको स्वास्थ्य गम्भीर छ,’ विज्ञप्तीमा भनिएको छ।

याे पनि पढ्नुस  कोरोना संक्रमणविरुद्ध गायिका लता मंगेशकरले दिइन् २५ लाख

कैयौं नेपाली गीतमा स्वर दिएकी लता भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित छिन्।

उनले गायका दर्जनौँ नेपाली गीत कर्णप्रिय छन्।

कमेन्ट गर्नुहोस्