टिपर र बोलेरोले च्यापिँदा मोटरसाइकलमा सवार एक विद्यार्थीको मृत्यु, अर्का घाइते

काभ्रेपलाञ्चोकः बनेपा नगरपालिका–१० जनागालस्थि अरनिको राजमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार भक्तपुर नगरपालिका–९ च्यामासिङस्थित बागेश्वरी कलेजमा अध्ययनरत विद्यार्थी २० वर्षीय विमल कुटुजु छन् भने गम्भीर घाइते सोही कलेजमा अध्ययनरत भक्तपुर–८ का मोटरसाइकल चालक कृष्ण दाहालको मध्यपुरथिमि अस्पतालमा उपचार भइरहेको छ ।

मंगलबार बिहान बा३ख ७०८७ नंको टिपर र बा१०च २१५४ नंको बोलेरोले च्यापिँदा अनटेष्ट मोटरसाइकलमा सवार कुटुजुको मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्