खानामा बिष मिसाएर लता मंगेशकरलाई गरिएको थियो मार्ने प्रयास

एजेन्सी– बलिउड गीत संगीतको क्षेत्रमा लता मंगेशकरको जुन स्थान छ त्यो स्थान सायदै अरु कसैले लिन सक्छ ।

सानै उमेरदेखि गीत संगीतको क्षेत्रमा लागेकी उनका लागि सुरुवाती समय औसत नै रह्यो तथापी पछि उनले जुन सफलता हासिल गर्न सफल भईन त्यो महिलाहरुका लागि नया कुरा थियो ।

याे पनि पढ्नुस  बलिउडका चर्चित अभिनेता ऋषि कपुरको पनि निधन

सफल मान्छेको पछाडी खुट्टा तान्नेहरु धेरै भेटिन्छ भन्छन सायद त्यसैको उपज हुन सक्छ ।  कुनै समय लतालाई  मार्नका लागि बिष समेत खुवाईएको थियो ।

त्यतिबेला उनि ३३ बर्षकी थिइन् होला एकदिन बिहान उठ्नासाथ उनलाई अचानक चक्कर लग्न थाल्यो र उनि हरियो वान्ता गर्न लागिन ।

याे पनि पढ्नुस  यी हुन् बलिउडका सर्वाधिक गोरी ८ अभिनेत्री

स्वास्थ्य नाजुक बन्दै गएपछि तत्काल डाक्टरलाई बोलाएर परिक्षण गर्दा उनलाई कसैले खानामा बिष मिलाएर दिएको तथ्य सार्वजनिक भएको थियो ।

उनलाई बिष खुवाउने आखिर को हुन भन्ने पत्ता लाग्न नसकेको भएता पनि उनि बिरामी पर्ने बित्तिकै उनका घरका कुक एकाएक घरबाट गायब भएका थिए ।

कमेन्ट गर्नुहोस्