एभिसी सेन्ट्रल जोन भलिबलः नेपाल एक खेल अगावै फाइनलमा

काठमाडौंः नेपाली महिला राष्ट्रिय भलिबल टोली बंगलादेशमा जारी एसियन महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको लिगको तेस्रो खेलमा नेपालले घरेलु टोलीलाई सोझो सेटमा पराजित गर्दै एक खेल अगावै फाइनल पुगेको हो । घरेलु टोलीविरुद्ध नेपालले पहिलो सेटमा २५–५, दोस्रो सेटमा २५–६ र अन्तिम सेटमा २५–६ मा जित हात पार्यो ।

नेपाली टोलीले यसअघि पहिलो खेलमा अफगानिस्तान र किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो । जितसँगै तीन खेलबाट ९ अंक जोड्दै नेपालले फाइनलमा स्थान बनाइसकेको छ ।

बिहीबारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, किर्गिस्तान र अफगानिस्तान सहभागी छन् ।

कमेन्ट गर्नुहोस्