बैंकका कर्मचारीमाथि गोली प्रहार, ६ लाख लुटेर भारत फरार

बाराः बाराको फेटा गाउँपालिका–२ जगतपुर टोलमा मंगलबार अज्ञात समूहले गोली प्रहार गर्दै निर्धन उत्थान विकास बैंक लिमिटेडका एक कर्मचारीको साथमा रहेको छ लाख रुपैयाँ लुटेर फरार भएका छन् ।

बाराको प्रसौनी स्थित निर्धन उत्थान बैंकका कर्मचारी जीवन खड्काले त्यस बैंकले महिलाहरुको समूहमा लगानी गरेको सावाँ तथा व्याज संकलन गरी फिर्ता आउने क्रममा जगतपुर टोलमा आज करिब १२ बजे लुटिएका हुन् ।

याे पनि पढ्नुस  विधुत चुहावट गर्ने ४३ जना पक्राउ

भारतीय गाडी नम्बर नखुलेको प्यासन प्रो मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली फायर गर्दै खड्काको साथमा रहेको उक्त रकमसहित मोबाईल सेट लुटेर फरार भएको बारा प्रहरीले जनाएको छ ।

हतियारसहित आएका बन्दुकधारीले एक राउण्ड हवाई फायरिङ गरेर खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर भारततर्फ भागेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

याे पनि पढ्नुस  अझैं भाडाकै घरमा बाराका स्थानीय तह

लुटेराले गोली चलाए पनि मानवीय क्षति नभएको र लुटेराको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी व्यापक रुपमा परिचालन गरिएको बाराका प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्