भ्रमण वर्ष शुभारम्भमा ४० देशका पर्यटनमन्त्री सहभागी हुने छन्ः मन्त्री भट्टराई

ललितपुरः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीहरु सहभागी हुने बताएका छन् ।

प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष, २०२० पूर्वतयारी भेला’मा मन्त्री भट्टराईले अगामी सन २०२० को जनवरीको पहिलो साताभित्र भ्रमण वर्षको उद्घाटनको कार्यक्रम हुने जानकारी पनि दिए ।

मन्त्री भट्टराईले भ्रमण वर्षलाई आधार वर्ष बनाएर एक दशकसम्म भ्रमण वर्ष मनाउने बताए ।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रमण वर्षलाई सफल बनाउनका लागि पर्यटनमैत्री वातावरण तयार गर्न प्रदेश सरकार क्रियाशील रहेको बताए ।

कमेन्ट गर्नुहोस्