फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौंः  दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य बुधवार २ सय रुपैयाँले बढेको छ ।

मंगलवार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला ७१ हजार ४ सयमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार ७० हजार ९ सय रुपैयाँमा कारोवार भएको तेजावी सुन बुधवार प्रतितोला ७१ हजार १  सयमा कारोबार भइरहेको छ ।

योसंगै चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्