बंगलादेशी राष्ट्रपति हमिद र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौंः नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले भेट गरेका छन् ।

भेटवार्ताका लागि प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा बुधबार बिहान पुगेका थिए ।

त्यस भन्दाअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले भेटेका हमिदलाई बुधबारै कांग्रेसका सभापति शेरबहादुर देउवा, दिउँसो २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले र सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भेटवार्ता गर्ने समय निर्धारण गरिएको छ ।

त्यसपछि राष्ट्रपति हमिद समकक्षी विद्या भण्डारीलाई भेट्न शितलनिवास जाने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले हमिदको सम्मानमा होटल याक एण्ड यतीमा साँझ साढे ६ बजे रात्रिभोज आयोजना गरेकी छन् ।

कमेन्ट गर्नुहोस्