सन्दीपआवद्ध दिल्लीमा एक बलर घटे, ट्रेन्ट बोल्टलाई मुम्बईले किन्यो

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) को आउँदो संस्करणको ‘अक्सन आउन अझैं समय बाँकी छ ।

तर, त्यहीअघि नै आइपीएलमा सहभागिता जनाउने टिमले भने खेलाडी फेरबदल गर्न थालेका छन् ।

यसैबीच आइपीएलको सबैभन्दा सफल टिम मुम्बई इन्डियन्सले सन्दीप लामिछानेआवद्ध दिल्ली क्यापिटल्सका तिव्र गतिका बलर ट्रेन्ट बोल्टलाई आफ्नो टिममा किनेको छ ।

मुम्बईले आज सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै बोल्ट टिममा जोडिएको जानकारी दिएको हो ।

दिल्लीले २०१८ को अक्सनमा बोल्टलाई २ करोड २० लाखमा किनेको थियो । उनले दिल्लीका लागि २०१८ सिजनमा १४ खेलमा १८ विकेट लिएका थिए ।

तर गत सिजनमा बोल्टको प्रदर्शन खराब भएको थियो । गएकाे सिजनमा उनले ५ विकेट मात्र लिएका थिए ।

दिल्लीले यस अघि किंग्स इलाभेन पंजावबाट भारतीय स्पिनर आर आश्विनलाई किनिसकेको छ । त्यस्तै दिल्लीले शेरफान रुदरफोर्डलाई मुम्बईलाई दिएर मयंक मार्कंडेलाई समेत आफ्नो टिममा समावेश गरेको छ ।

यस्तै फास्ट बलर अंकित राजपूतलाई किंग्स इलाभेन पन्जाबले राजस्थानलाई बेचेको छ ।

कमेन्ट गर्नुहोस्