तराई–मधेस दुर्तमार्गका तत्कालीन आयोजना प्रमुखमाथि सोधपुछ (विज्ञप्तिसहित)

काठमाडौंः नेपाली सेनाले काठमाडौं–तराई–मधेस दुर्तमार्ग सडक निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुखसहित प्राविधिक मूल्यांकन बोर्डका सदस्यहरुलाई सचेत गराएको छ ।

कोर्ट अफ इन्क्वायरी बोर्डले आयोजनाको सुपरीवेक्षण कार्यका लागि अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता छनोट कार्यमा मूल्यांकन प्रक्रियामा नै ड्राफ्ट चुहावट भएको भन्दै सैनिक सचिव विभागमा सिफारिस गरेपछि उनीहरुलाई सचेत गराइएको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी उक्त आयोजनामा विज्ञको रुपमा कार्यरत गैर–सैनिक व्यक्तिहरुलाई समेत सजग गराइएको जनाएको छ ।

विज्ञप्तिमा सरकारको निर्देशन बमोजिम सेनाले निर्देशित समय सीमाभित्र आर्थिक अनुशासनमा रहेर गुणस्तरीय, पूर्ण पारदर्शिता तथा मितव्ययी ढंगबाट काम सम्पन्न गर्ने विश्वास समेत दिलाएको छ ।

कमेन्ट गर्नुहोस्