विप्लव समूहका जिल्ला सदस्य पुनः पक्राउ

गोरखाः नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सदस्य रोहित पन्तलाई प्रहरीले पक्राउ गरेको छ ।

शहिद लखन गाउपालिका–४ ताक्लुङ स्थायी घर भएका पन्तलाई मंगलबार साँझ गोरखा नगरपालिका–६ हरमटारीबाट पक्राउ गरिएको डीएसपी मित्रवन्दु शर्माले बताए ।

यसअघि असार ११ गते पनि पन्तलाई प्रहरीले पक्राउ गरि राजद्रोह अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

पार्टी गतिविधिमा संलग्नता नछाडेपछि पुनः पक्राउ गरि सार्वजनिक अपराध विरुद्घको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्