डा. केसी सेती प्रादेशिक अस्पतालमा उपचार हुँदै

कैलालीः डडेल्धुरामा ९ दिन अनशन वसेका प्रा. डा. गोविन्द केसी धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार सुरु भएको छ ।

बुधबार साँझ धनगढी पुगेका केसीको प्रादेशिक अस्पतालको विशिष्ट कक्षमा फिजिसिएन डा. निराजन दत्त शर्मा पौडेलले उपचार गरिरहेका छन्।

डा. केसीले कात्तिक १७ गतेदेखि ७ बुँदे माग सहित आफ्नो १७ औँ सत्याग्रह सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा सुरु गरेका थिए । तर मगंलबार राष्ट्रियताको संवेदनशिलताकै विषयमा देशभरमा जनस्तरबाट आवाज उठेको भन्दै डा. केसीले सत्याग्रह स्थगित गरेका थिए । धनगढीमा उपचार सकेर मात्र केसी काठमाडौँ फर्किने बताइएको छ ।

कमेन्ट गर्नुहोस्