क्रिकेटर निकोलस पूरनमाथि ४ खेलको प्रतिबन्ध

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेष्टइन्डिजका ब्याट्सम्यान निकोलास पूरनलाई ४ टी–२० म्याचका लागि प्रतिबन्ध लगाएको छ । बललाई कोट्याएको आरोपमा दोषी ठहर भएपछि पूरनमाथि प्रतिबन्ध लगाइएको हो ।

निकोलास पूरनले आईसीसी संहिताको लेभल तीन तोडेको आरोपमा प्रमाणित भएको छ । म्याच रेफ्री क्रिस बोर्डले प्रस्ताव गरेको प्रतिबन्ध ब्याट्सम्यान निकोलास पूरनले स्वीकार गरेका छन् ।

उनले आगामी दिनमा यस प्रकारको घटना नदोहोरिने प्रतिबद्धता जनाएका छन् । प्रतिबन्धपछि पूरनले अफगानिस्तान विरुद्धको तीन म्याचको टी–२० श्रृखंला गुमाउने छन् । डिसेम्बर ८ का लागि निर्धारित भारत विरुद्धको दोस्रो टी–२० खेलमा उनी टिममा फर्किने छन् ।

उनले आईसीसी संहिताको परिच्छेद २.१४ को उल्लंघन गरेको ठहर गरिएको छ । पूरनमाथि आरोप लगाइएपछि छानबीनको क्रममा भिडियो फुटेजमा बूढी औंलाले बल कोट्याएको प्रष्ट देखिएको छ ।

उनमाथि खेलका लागि नियुक्त अम्पायरहरु विश्मील्लाह शिनवारी, अहमद दुर्रानी तथा थर्ड अम्पायर अहमद पक्तिन र चौथो अम्पायर इज्तुल्लाह साफीले उक्त आरोप प्रष्ट्याएका थिए ।

कमेन्ट गर्नुहोस्