आमा तिमीलाई सलाम छ !

सुर्य प्रसाद खनाल, गुल्मी
म धर्ति चिन्दीन ,
म गगन चिन्दीन ।
आमालाई जमिन बनाएर,
वुवालाई गगन बनाएर ।
आमाको ज्युमा विज बनेर,
धर्ति टेक्ने दिन गनेर ।
पहिलो पाइला
आमाको पेटमै टेकेँ,
सुरक्षाको निम्ति
पेट भित्रै अंश माँगे ।
अनि तारवारले छेकेँ ।।
त्यसैले मेरो पहिलो धर्ति
मेरी आमा उहीँ हो ,
धर्ति टेकाउने पहलो गगन
मेरो वुवै हो ।

मन्दिरमा भगवान कहाँ भेटिएला?
आमामा भगवान कहाँ नभेटिएला ?
साच्चै मूर्ति पुज्ने म मुर्ख हुँ ।
आमाँ तिम्रो दिर्घायुको,
कामना गरिरहन्छु दिनहुँ ।
तिमि छौ र त आँमा,
हरेक पिडाको मलम छ ।
मेरो भगवान मेरै आँमा
तिमिलाई सलाम छ ।

सोच्छु कहिले
गद्¥याम्म लोड्दा,
आँमा किन भन्छु ?
केहि चिजले घोच्दा,
आमा किन भन्छु ?
अहो तिम्रो दुधबाट ,
अनि रगतबाट,
शिञ्चित यो सरिर लड्दा ।
मलाई भन्दा ।
तिमिलाई नै पो दुख्दो रहेछ ।
त्यसैले हरेक मान्छे ,
दुखमा मेरी आमा भन्दो रहेछ ।

आमा तिम्रो कति थोपा
दुधले बन्यो होला ?
मेरो सरिरको एक थोपा रगत !
कत्ति रगतकै नदि बगायौ होला ?
मलाइ टेकाउन यो जगत !
आमा म अरु के नै गर्न सक्छु र ?
तिम्रो दुध र रगतको सम्मानमा ,
वृद्धाआश्रम पुराउने छैन ।
वचनका वाणले तिम्रो छाति फुटाएर,
धुरु धुरु रुवाउने छैन ।
मसिनो मैले र मेरा सन्ततिले खाएर,
तिमिलाई खस्रो खुवाउने छैन ।

तर आमा मैले तिम्रा लागी
रगतको धार फुटाउन सक्दिनकि !
दुधका थोपाहरु खसाउन सक्दिनकि !
गर्भ भित्र तिमिलाई वसाउन सक्दिनकि !
त्यसैले तिमिले जत्ति,
मैले उत्ति ।
मायाँ दिन सक्दिनकि ?

आमा तिमी छौ र भगवान छ ।
तिमी छौ र घर छ ।
तिमी छौ र आधार छ ।
तिमी छौ र हिम्मत छ ।
तिमी छौ र संसारै मेरो छ ।
तिमी छैनौं त सवै अँधेरो छ ।
लाग्छ आमा तिमी हुँदा
रोग माथी पनि मलम छ ।
मेरी आमा तिमिलाई तिम्रै छोराको
साच्चिकै सलाम छ ।

कमेन्ट गर्नुहोस्