प्रहरीलाई केटी मिलाइदिने होटलवाला पक्राउ

काठमाडौँ, मोरङमा प्रहरीलाई केटी मिलाइदिने होटेल संचालक प्रहरीको फन्दामा परेका छन्। कान्तिपुरमा प्रकाशित समाचार अनुसार बिराटनगर महानगरपालिकाको रानी क्षेत्रमा सञ्चालित होटलहरूमा यौन धन्दा चल्ने गरेको गुनासो आएपछि प्रहरीले सो क्षेत्र र आसपासका ५७ शंकास्पद होटेलहरूमा छापा हानेको थियो।

त्यस क्रम्माकेही जोडीहरू पक्राउ परेपनि त्यो व्यवसायिक रूपमा यौन धन्दा नै हो भन्ने पुष्टि नहुँदा उनीहरू छुट्ने गरे पछि प्रहरीले अपराध पट्ट लगाउन ‘फिल्मी शैली’ अपनाएको थियो।

प्रहरीले बिराटनगर-१५, रानी क्षेत्रमा सञ्चालित हिमालय गेस्ट हाउसमा यौनधन्दा छलने गरेको गोप्य जानकारी पाएपछि प्रहरी कर्मचारीलाई नै ग्राहक बनाएर होटेलमा पठाएको थियो।

सादा पोसाकमा ग्राहकको होटलका कर्मचारी मोहम्मद रियाजलाई ‘केटी पाइन्छ कि, पाइँदैन’ भनेर सोधेपछि रियाजले आफूले जति पनि मिलाउन सक्ने उत्तर दिएका थिए ।

रियाजको कुरा सुनेर सादा पोसाकका प्रहरीले केटी बोलाउन भन्दै होटेलमा कोठा बुक गरेका थिए। रियाजले रियाजको कुरा सुनेपछि सादा पोसाकमा गएका प्रहरी कर्मचारीले केटी बोलाउन भन्दै होटलमा कोठासमेत बुक गरे ।

रियाजले भारतको फारबिसगन्ज घर भएकी २५ वर्षीया एक युवतीलाई फोन गरेर बोलाए । बोलाएको केही घण्टामै यौन धन्दाका लागि युवती होटल आएपछि प्रहरीले कल गर्लका रूपमा काम गर्ने उनलाई र होटलका कर्मचारी मोहम्मद रियाजलाई प्रमाणसहित पक्राउ गरेको छ ।

पक्राउ परेका रियाज पनि भारतीय नागरिक रहेको बताइन्छ । उक्त होटलका सञ्चालकसमेत भारतीय नागरिक हुन् । रियाज र युवती पक्राउ परेपछि होटलका मालिक फरार रहेको र उनको खोजी भइरहेको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए ।

भारतको सीमासँग जोडिएको विराटनगरको रानी क्षेत्रमा भारतीय नागरिकले होटल सञ्चालन गरेर भारतीय युवतीलाई यौनकर्ममा लगाउने र भारतीय युवालाई नै ग्राहकका रूपमा प्रयोग गर्ने धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ ।

रानी क्षेत्रका अधिकांश होटल तथा गेस्टहाउस भारतीय नागरिकले घर भाडामा लिएर सञ्चालन गर्दै आएको मोरङ प्रहरीका डीएसपी श्रेष्ठले बताए । ‘रानीका अधिकांश होटल र गेस्टहाउसका मालिक भारतीय नागरिक छन्,’ उनले भने, ‘अवैध धन्दा चलाउने र समस्या पर्‍यो कि भाग्न सजिलो हुने भएकाले उनीहरूले सीमा क्षेत्रको नजिकै होटल सञ्चालन गर्ने गरेका छन् ।’

सीमा क्षेत्रका धेरै होटल र गेस्टहाउसमा भारतीय महिलाले कल गर्लका रूपमा काम गर्ने गरेको अनुसन्धानबाट खुलेको उनले बताए । प्रहरीले रियाज र होटल सञ्चालकलाई मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरिसकेको छ ।

रानी क्षेत्रका होटलमा प्रहरीले नियमित निगरानी बढाउने र अनैतिक क्रियाकलापलाई निरुत्साहित गर्ने डीएसपी श्रेष्ठले बताए । चालु आर्थिक वर्षको चार महिनामा मात्रै प्रहरीले विराटनगर र रानी क्षेत्रका ५७ होटल तथा गेस्टहाउसमा छापा मारेको छ ।

होटलमा हुने अनैतिक क्रियाकलापलाई रोक्नुका साथै अन्य आपराधिक गतिविधि हुन नदिन प्रहरीले विभिन्न तरिकाबाट होटलको निगरानी र अनुगमन गर्दै आएको उनले बताए । कान्तिपुर

कमेन्ट गर्नुहोस्