नायिकाले हरे राम लेखेको ब्रा लगाएपछि भारतमा हंगामा

नायिका वाणी कपूरको चर्चा बारम्बार भइरहन्छ । बोल्ड फैसन मन पराउने यी नायिका अहिले भने निकै आलोचनाको शिकार बनेकी छिन् ।

यसैबीच उनले आफ्नो इन्स्टाग्राममा हरे राम राम लेखिएको कपडाको भित्री बस्त्र ब्रा लगाएको तस्वीर सार्वजनिक गरेकी छिन् । उनको यो तस्वीरका कारण अहिले उनी सामाजिक सञ्जालमा व्यापक आलोचनामा परेकी छिन् ।

भगवानको आलोचना गरेको भन्दै मानिसहरुले वाणीलाई कटु गाली समेत गरेका छन् । धार्मिक भावनामाथि प्रहार भन्दै उनीहरुले तत्काल यो तस्वीर हटाउन समेत माग गरेका छन् ।

भारतमा कट्टरतावादी धार्मिक भावना निकै बलियो रहेको छ । दुई कौडीको केटीले भगवानको अपमान गरेको भन्दै कतिपय आक्रोशित देखिन्छन् ।

कमेन्ट गर्नुहोस्