यातायातका अधिकृतसहित ५ जना घुससहित पक्राउ

काठमाडौंः यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित पाँच जना घुस रकमसहित पक्राउ परेका छन् । अन्य पक्राउ पर्नेमा रिकन्डिसन हाउसका प्रतिनिधि किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकी रहेका छन् ।

शाखा अधिकृत भट्टराईले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भन्दै तीन हजार रुपैयाँ घुस रकम लिएको मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीहरूलाई यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौं परिसरबाट घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्