निजामती कर्मचारीको अवकास उमेरहद ६० वर्ष

काठमाडौंः निजामती सेवा अन्तर्गत सरकारी सेवामा रहेका कर्मचारीको अवकासको उमेर हद ६० वर्ष बनाउने विषयमा सहमति जुटेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार उक्त सहमति जुटेको हो ।

अहिलेसम्म अवकासको उमेर हद ५८ वर्ष रहेको छ । पछिल्लो समय नेपालीको औषत आयु बढेकाले व्यक्ति सक्रिय हुने अवधि पनि लम्बिएकाले उमेर हद बढाउने पक्षमा सहमति जुटेको समितिले जनाएको छ ।

त्यस्तै, छिटो अवकाश हुँदा पेन्सनको भार बढ्ने भएकाले, महिलाहरुको सेवा अवधि नपुग्ने भएकाले र सार्क देशमा समान बनाउन अवकास उमेर हद बढाइएको हो ।

यो संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ ।

कमेन्ट गर्नुहोस्