भारतको २ विकेट पतन, ललित र सुशनलाई सफलता

काठमाडौंः आजदेखि बंगलादेशमा सुरु भएको एमसीसी इमर्जिङ एसिया कपको पहिलो खेलमा नेपालले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको भारतले ८२ रन बनाउँदा २ विकेट गुमाएको छ ।

भारतले कप्तान बेलुर रवि शरथलाई ४९ र आर्यन जुयाललाई २९ रनमा गुमाएको हो । शरथलाई सुशन भारी र जुयाललाई ललितनारायण राजवंशीले आउट गरेका हुन् ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन बनायो ।

नेपालका लागि पवन सरार्फले ५६, शरद भेषवाकरले ४४, दीपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले २८, करन केसीले २०, विनोद भण्डारीले ५ रन बनाए । खेल ५० ओभरको हो । बलिङमा भारतका शौरभ दुवेले सर्बाधिक ४ विकेट लिए ।

प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।

यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा नेपालले नोभेम्बर १८ मा बंगलादेशको सामना गर्नेछ ।  प्रतियोगितामा यूएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने अवसर पाएको हो ।

भारतविरुद्ध नेपालको प्लेइङ ११ः 

ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी

शरद भेषावकर
सोमपाल कामी

करण केसी
विनोद भण्डारी

ललित नारायण राजवंशी
पवन सरार्फ
सुसन भारी

आरिफ शेख
कुशल भुर्तेल

कमेन्ट गर्नुहोस्