समाजवादी पार्टीः सरकार नछाड्ने, संविधान संशोधनका लागि पहल गर्ने !

काठमाडौंः समाजवादी पार्टीले संविधान संशोधनका लागि पहल गर्ने भएको छ ।

नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकता गर्दादेखि नै सरकारमा बसिरहने कि बाहिरिने भन्नेमा बहस हुँदै आएको भए पनि तत्काल सरकार नछोड्ने र समाजवादी पार्टीले संविधान संशोधनका लागि पहल गर्ने सहमति जुटेको छ ।

बिहीबार बसेको पार्टीको पहिलो संघीय परिषद् बैठकमासंघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले उक्त प्रस्ताव पेश गरेका हुन् ।

सरकार र नेकपाले संविधान संशोधन गर्न चासो नदेखाएको, महत्वपूर्ण निर्णय लिँदा साझेदार दलसँग सरसल्लाह नगरेको विषयमा उक्त पार्टीले आपत्ति जनाएको छ ।

कमेन्ट गर्नुहोस्