सल्यानमा जिप पल्टिँदा २ को मृत्यु, ८ जना घाइते

तुलसीपुरः सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् ।

जिल्लाको फलावाङदेखि दाङको तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ४६० नम्वरको जीप त्रिवेणी गाउँपालिका –४ बडाखोलामा दुर्घटना हुँदा मुत्यु हुनेमा सोही गाउँपालिका वडा नम्वर ४ फलावाङ बस्ने ५९ वर्षिया योगी थापा र ५४ वर्षिया कृष्णदेवी परियार रहेको राप्ति प्रादेशिक असपताल तुलसीपुरले जानकारी दिएको छ ।

त्यसैगरी दुर्घटनामा परि घाईते हुनेहरुमा जिप चालक फलावाङ बस्ने २८ वर्षिय सन्देश परियार, सोही ठाउँ बस्ने २३ वर्षिया रिता रावत, ५ वर्षिया ज्योती रावत, ४ वर्षिया मोति रावत, ३२ वर्षिया सावित्रा खत्री, १६ वर्षिया तारा थापा, दाङको तुलसीपुर १ भमके बस्ने २१ वर्षिया राधा बोहोरा र तुलसीपुर ५ बस्ने २८ वर्षिया डिला बुढा रहेका छन् ।

घाइतेहरु मध्ये तीन जनाको कोहलपुर रिफर गरिएको छ भने पाँच जनाको राप्ती प्रादेशिक अस्पतालमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्रडम्बर पालले जानकारी दिए । (फाइल फोटो)

कमेन्ट गर्नुहोस्