पत्रकार डिलप्रसाद शर्माको निधन

काठमाडौंः पत्रकार डिलप्रसाद शर्माको उपचारका क्रममा निधन भएको छ । बोनम्यारो सम्बन्धी समस्याले पीडित शर्मा ४ महिनादेखि उपचाररत थिए ।

उनको बोनम्यारो प्रत्यारोपणका क्रममा बिहीबार सिभिल अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । २३ वर्षीय शर्मा ‘साझा बिसौनी’ दैनिक र देशसञ्चार’ अनलाइनमा आबद्ध थिए ।

अल्पायुमै शर्माको निधनले स्तब्ध भएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति जारी गर्दै शर्माप्रति श्रद्धाञ्जली अपर्ण गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेको छ ।

कमेन्ट गर्नुहोस्