सागका लागि नेपाली क्रिकेट टोली घोषणा, को–कोले पाए मौका?

काठमाडौंः आउँदो १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि १५ सदस्यीय राष्ट्रिय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषित टोलीमा उपकप्तान दिपेन्द्रसिंह ऐरी, पूर्वकप्तान पारस खड्का, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, विनोद भण्डारी, अविनाश बोहरा, सुशन भारी, कुशल भुर्तेल, सन्दीप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित राजवंशी र रासिद खान छन् ।

पटवालद्धारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार तीन वैकल्पिक खेलाडीमा रोहित कुमार पौडेल, भिम सार्की र सागर ढकाल का छन् ।

कमेन्ट गर्नुहोस्