टी–२० सिरिजः अफगानिस्तानविरुद्ध लुइसको शानदार अर्धशतक

काठमाडौंः अफगानिस्तान विरुद्धको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज टिमका ओपनर इभन लुईसले शानदार अर्धशतक बनाएका छन् ।

उनले ५ छक्का र ४ चौकाको मद्दतमा २६ बलमा अर्धशतक बनाएका हुन् ।

आज वेस्ट इन्डिजले टस हारेर ब्याटिङ गरिहेको छ ।

यो समाचार तयार पार्दासम्म उसले ८ ओभरमा १ विकेट गुमाएर ७७ रन बनाएको छ ।

अफगानिस्तान र वेस्ट इन्डिजबीचको सिरिज भारतको लख्नउमा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्