टी–२० सिरिजः वेस्ट इन्डिजद्वारा अफगानिस्तानलाई १६५ रनको लक्ष्य

काठमाडौंः टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो ।

उसका लागि ओपनर इभन लुईसले उत्कृष्ट ब्याटिङ गरे । उनले ६ छक्का र ४ चौकाको मद्दतमा ४१ बलमा ६८ रन बनाए ।

यस्तै शिमरोन हिटमायरले २१, दिनेश रामदिनले २०, कप्तान किरण पोलार्डले नटआउट ३२, शेरफन रदरफोर्डले ९ रन बनाए ।

बलिङमा अफगानिस्तानका गुल्बदीन नाइबले २, राशिद खान, नवीन उल हक र मुजीउर रहमानले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्