सचिवालय बैठक आज नबस्ने, भोलिका लागि सर्यो

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज नबस्ने भएको छ ।

पार्टी एकता तथा सरकार पुनर्गठनबारे महत्वपूर्ण निर्णय गर्ने भनिएको बैठक भोलिका लागि सारिएको हो ।

यसअघि हिजो बिहिबार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरुसँग सघन छलफल गरेका थिए ।

याे पनि पढ्नुस  नेकपा सचिवालयमा पूर्व एमालेबाट भीम रावलसहित ३ जना थपिँदै

प्रधानमन्त्रीको स्वास्थ्य जटिलताका कारण पार्टी तथा सरकारको काम कारवाहीमा कुनै असर नपरोस भन्ने चाहनाले पार्टी एकतालाई पूर्णता तथा सरकारबारे सबै विकल्पमाथि छलफल र सहमति जुटाउन बैठक सारिएको बुझिएको छ ।

मन्त्रीपरिषद पुनःगठन, सरकारको नेतृत्व परिवर्तन या जिम्मेवारी हेरफसहितका सबै विकल्पमा छलफलपछि एकीकृत निर्णय गर्न आज समेत छलफल हुने देखिन्छ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक आकस्मिक रूपमा बस्दै, किन ?

प्रधानमन्त्रीको थप उपचारका लागि मृगौला पुनः प्रत्यारोपण गर्नुपर्ने अवस्थामा लामो समय लाग्नसक्ने भएकोले पार्टि र सरकारका बारेमा ठोस निर्णय लिने मनस्थितिमा प्रधानमन्त्री रहेका छन् ।

कमेन्ट गर्नुहोस्