भारतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल (स्कोर बोर्डसहित)

काठमाडौंः भारतमा भइरहेको यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत भारत ‘बी’ सँगको खेलमा नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ ।

सुरुवातका २ खेलमा लगातार पराजित भएको नेपाली टिम तेस्रो खेलमा भारत ‘बी’ सँग खेलिरहेको हो ।

स्कोर बोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

पहिलो खेलमा नेपाल भारत ‘सी’ सँग १० विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारत ‘ए’विरुद्ध नेपाली युवा टिम १ सय ७ रनले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्