अनुदानका सोलार प्रतिगोटा १५ सयमा बिक्री गरेपछि …

जुम्लाः सोलार व्यापारी मीनबहादुर मल्लले जुम्लाका २ हजारभन्दा बढी दलितलाई सस्तोमा सोलार ल्याइदिने भनी दुई वर्ष पहिले नागरिकता संकलन गरेका थिए ।

उनलेचन्दननाथ नगरपालिकासहित गुठीचौर, तातोपानी र तिला गाउँपालिका २ हजार विपन्न दलितको नागरिकता आफूसँगै लिए । तातोपानी–३ का वडाध्यक्ष डिल्ली रावलका अनुसार व्यापारी मल्ले नागरिकता लिँदा नै ५० प्रतिशत कम मूल्यमा सोलार उपलब्ध गराउने जानकारी स्थानीयलाई दिएका थिए ।

मल्लले गएको चैत र वैशाखमा गाउँ–गाउँमा सोलार ल्याएर प्रतिगोटा १५ सय रुपैयाँमा बिक्री गर्न अनुमति माग्दै वडाकार्यालयमा निवेदन दिए । सोलार व्यापारी मल्लले ५० प्रतिशत अनुदानमा दिने भनिएका सोलार १५ सयमा दिँदा धमाधम बिक्री भयो । सस्तोमा पाएको भन्दै स्थानीयले ऋण खोजेरै भएपनि १५ सय प्रतिगोटाका सोलार खरिद गरे । तर, कतिका घरमा अहिले सोलार बिग्रिसकेका छन् । व्यापारी मल्लले नागरिकता किन लिए भन्नेदेखि कति नाफा खाएर बिक्री गरे भन्ने कसैले सोधखोज गरेन भने उनले कसैलाई पनि अनुदानका सोलार हुन् भन्ने कुरा खुलाएका पनिथिएनन् ।

कर्णालीका अन्य जिल्लामा पनि निःशुल्क सोलार वितरण भइरहेको समाचारले स्थानीयको ध्यान तान्यो । उनीहरूले आफू पनि कतै ठगियौं कि भन्ने लागेर सोधखोज गर्दै जाँदा सही सावित भयो ।

अनुदानका सोलार जुुम्लामा १५ सयमाबिक्री भयो भन्ने कुरा बाहिरियो ।त्यसपछि हाम्रो साझा वबहुउद्देश्यीय सहकारी सस्ंथाका अध्यक्ष मनसुर सुनारले चन्दननाथ नगरपालिकाको न्यायिक समितिमा छानबिनका लागि उजुरी दिए । उजुरीमाथि छलफल गर्दा व्यापारी मल्लले अनुदानका सोलारमा सरासर ठगी गरेको पाइयो ।

उपमेयर अप्सरादेवी न्यौपानेभन्छिन्, “पाँचपटकसम्म न्यायिक समितिको बैठकको निर्णय गरेर व्यापारी मल्ललाई नगरपालिकाभित्रका दलितको पैसा फिर्ता गर्न ताकेता गर्यौं । तर,उनले अटेरी गरेपछि हामीले पत्रकार सम्मेलन नै गरेर यो घटना सार्वजानिक गरेका छौं ।” यो समाचार आजको कारोबार दैनिकबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्