टेस्ट सिरिजः भारतलाई तेस्रो झड्का, कप्तान कोहली शून्यमै आउट !

काठमाडौंः बंगलादेश विरुद्धको पहिलो टेस्ट क्रिकेट सिरिजको पहिलो इनिङ्समा भारतले सस्तैमा ३ विकेट गुमाएको छ ।

खेलको पहिलो दिनमा एक विकेट मात्र गुमाएको भारतले दोस्रो दिनको सुरुवातमै थप २ विकेट गुमाएको छ ।

भारतले तेस्रो विकेटका रुपमा कप्तान विराट कोहलीलाई शून्य रनमै गुमाएको छ । उनलाई बंगलादेशका अव जायदले ३१ ओभरकाे पाँचौ बलमा एल्बीडब्लू आउट गर्न सफल भए ।

भारतले यसअघि रोहित शर्मालाई ६ र चेतेश्वर पुजारालाइए ५४ रनमा गुमाई सकेको छ । टस जितेर ब्याटिङ रोजेको बंगलादेशले पहिलो इनिङ्समा ५८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

उसका लागि मुस्फिकुर रहिमले सर्बाधिक ४३ रन बनाए । बंगलादेश र भारतबीचको यो सिरिज भारतको इन्दोरमा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्