‘भारतीय हेपाह प्रवृतिविरुद्ध वार कि पार गर्नुको बिकल्प छैन’

नकुल चौलागाईं
भारतीय बिस्तारवादले लिपुलेक, कालापानी र लिम्पियाधुराको सयौं नेपाली भू–भाग आफ्नो भनेर दाबी गरेको मात्रै नभएर भारतीय नक्सामा नेपालको लिपुलेक राखेको तस्बिर भारतीय नक्सामा सार्वजनिक भएको अवस्थामा नेपाल सरकार चुप लागेर बस्नु भारतीय बिस्तारवादको गुलामी गर्नु हो ।

नेपाल भारत दुई ढुंगाको तरुल भनेर जति नै दाबी गरे पनि दलाल भारतीय बिस्तारबादीले नेपालको लिपुलेक र कालापानीलाई आफ्नो भन्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेको छ । उसले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई आफ्नो भू–भागमा राखेको पाइएको हो । बिगतदेखि नै नेपालको भू–भाग आफ्नै भन्दै दाबी गरे पनि भारतीय नक्सामा नाम भने राखेको थिएन । तर, भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भू–भागको नाम राखेको कारण चौतर्फी आलोचना मात्रै भएको छैन, कि युद्ध नै लडन नेपाली जनताले सुझाव दिएका छन् ।

भारतको हेपाह प्रवृत्ति पछिल्लो समय नेपालसँग मात्रै नभई पाकिस्तानसँग पनि व्यापक उत्तर चढाव हुँदै आएको छ । पाकिस्तानी प्रशासित जम्मु कश्मीरसमेत आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक राखेको छ । नेपालको मात्र नभएर पाकिस्तान प्रशासित कश्मीर पनि भारतको त्यो नयाँ नक्सामा समाबेश गरेको पाइएको छ ।

भारतिय बिस्तारवादविरुद्ध पाकिस्तानले त्यो तत्काल सार्वजनिक गरेको नक्सा तत्काल नसच्याए राष्ट्र संघमा जाने चेतावनी दिएको छ । भारतीय दानापानी खान पल्केका नेपाली नेताले भन्ने यस विषयमा नेपालको औपचारिक धारणा अहिलेसम्म सार्वजनिक गरेको छैन, औपचारिकता पुरा गर्नुबाहेक ।

भारतले लामो समयदेखि नेपालको विभिन्न भू–भागमा भारतीय सेनाले परेड खेल्दै आएको छ भने कालापानीमा आफ्नो सेना राखेर कब्जा नै गरेको छ । नेपालको सुगौली सन्धिलाई हेर्ने हो भन्ने लिम्पियाधुरासमेत नेपाली भूमिमा पर्दछ । बिडम्बनाका साथ भन्नु पर्छ तर नेपालकै आधिकारिक नक्सामा समेत लिम्पियाधुरा राखेको पाइँदैन ।

जुन दिन नेपालले सुगौली सन्धि गरेको थियो त्योे सुगौली सन्धिमा काली नदीसम्म नेपालको भू–भाग भएको उल्लेख गरेको पाइन्छ । सुगौली सन्धि गरेको बेला तत्कालीन राजाले काली नदीपारी नेपालले दाबी नगर्ने बताएका थिए ।

नेपालको नक्सामा अहिले लिपुखोलाको पश्चिम भू–भाग मात्रै समेटिएको पाइन्छ । भारतले तत्काल सार्वजनिक गरेको नक्सालाई हेर्ने हो भने यो नक्सा सुगौली सन्धिविरुद्ध छ । भारतीय बिस्तारवाद हेपाह प्रवृतिविरुद्व एक भएर यसकोे प्रतिवाद गर्न सबै राष्ट्रवादीहरूमा आग्रह छ ।

काभ्रेको देउराली गाउँपालिका लेखक चौलागाइ नेकपा विप्लव निकट हुन् । उनी काभ्रे–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चका पूर्वसचिव समेत हुन् ।

कमेन्ट गर्नुहोस्