काठमाडौंः भारतमा भइरहेको यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत भारत ‘बी’ सँगको खेलमा नेपाली युवा टिमले २ सय रन पूरा गरेको छ । नेपालले ४८ ओभरमा ९ विकेट गुमाएर २ सय रन पूरा गरेको हो ।
नेपाललाई २ सय रन पुर्याउन कप्तान रित गौतमको भूमिका महत्वपूर्ण रह्यो ।
ओपनरसमेत रहेका उनले आज ८४ रन बनाए । रित अघिल्ला २ खेलमा सस्तैमा आउट भएका थिए ।
स्कोर बोर्ड हेर्न यहाँ क्लिक गर्नुस्
पहिलो खेलमा नेपाल भारत ‘सी’ सँग १० विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारत ‘ए’विरुद्ध नेपाली युवा टिम १ सय ७ रनले पराजित भएको थियो ।
सुरुवातका २ खेलमा लगातार पराजित भएको नेपाली टिम तेस्रो खेलमा भारत ‘बी’ सँग खेलिरहेको हो ।