दुई दिनमै कमला घिमिरेको ‘चिया छानेको’ गीत ट्रेण्डिङको पहिलो नम्बरमा (भिडियोसहित)

काठमाडौंः चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ युट्युवको ट्रेण्डिङको पहिलो नम्बरमा आएको छ । दुई दिनमा उक्त भिडियोलाई १३ लाखभन्दा बढीले हेरिसकेका छन् ।

शुभारम्भ डिजिटल म्युजिक नाम च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा चर्चित लोकदोहोरी गायक बद्री बंगेनी, निर्देशक तथा मोडल शंकर बिसी, मोडलहरु अञ्जली अधिकारी, करिश्मा ढकाललगायतका कलाकारहरुको अभिनय रहेको छ । कमलाको उक्त गीत बुधबार रिपोर्टर्स क्लब नेपालको कार्यालयमा सार्वजनिक गरिएको थियो ।

गीतका प्रस्तुतकर्ता शम्भु कुँवरले उक्त गीतलाई २४ घण्टा नबित्दै बजारमा ल्याएको प्रतिक्रिया दिए । ‘यो गीतलाई दर्शकले अत्याधिक मन पराईदिनुभएको छ। हामी निकै आभारी छौं । युट्युव च्यालनलमार्फत उत्साहजनक प्रतिक्रिया आउँदा सिंगो टिम खुशी छ,’ उनले भने ।

पहिलो दोहोरी गीतबाट एकाएक भाइरल बनेकी धादिङकी कमला घिमिरेको स्वरमा रहेको उनको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको हो ।

कमेन्ट गर्नुहोस्