काठमाडौंः भारतबाट अतिक्रमित नेपालको भूमि तथा सीमाना निर्धारणका लागि कूटनीतिक पहलमार्फत् समस्याको समाधान खोज्न आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ ।
नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहलमार्फत् समस्याको समाधान खोज्न आदेशको माग गर्दै रिट दायर गरिएको थियो । अधिवक्ता कञ्चनकृष्ण घिमिरे र फणिन्द्र नेपालसहितले दायर गरेको छुट्टाछुट्टै रिट प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा पेशीमा छ ।
रिट निवेदनमा सीमामा भूमि मिचिँदा प्रत्येक नेपालीले आफ्नो सार्बभौम अधिकार मिचिएको महशुस गरेको भन्दै त्यसका लागि आवश्यक कूटनीतिक पहल तथा नीतिनियम र निर्देशन गरी राष्ट्र हित कार्य गर्नका लागि परमादेशको माग गरिएको छ ।