अन्ततः हिरासतमुक्त भए रूप ज्योति

काठमाडौंः चर्चित व्यापारी तथा ज्योति ग्रुपका सदस्य रूप ज्योति हिरासतमुक्त भएका छन् ।

उनी र व्यवसायी विजेन्द्रकृष्ण मल्लबीच लेनदेन विवाद थियो र प्रहरीले अनुसन्धान गरिरहेको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा दुबै पक्षसँग आपसी मिलापत्र भएपछि ज्योतिलाई थुनामुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

घर निर्माण गर्ने सर्तमा एक करोड ३६ लाख रुपैयाँ पैसा लिएर लामो समय न घर न जग्गा फिर्ता भएको भन्दै मल्लले प्रहरीमा ठगी मुद्दाको जाहेरी दिएका थिए ।

कमेन्ट गर्नुहोस्