टी–१० लिगः वाट्सनको टिमविरुद्ध टस जितेर बलिङ गर्दै दिल्ली (LIVE)

काठमाडौंः आजदेखि यूएईमा सुरु भएको टी–१० लिगको दोस्रो खेलमा डेक्कन ग्लेडिएटरविरुद्ध दिल्ली बुल्सले टस जितेर बलिङ रोजेको छ ।

डेक्कन र दिल्लीबीचको खेल अवुधामीमा हुँदैछ । डेक्कनमा शेन वाट्सन र दिल्लीमा इओन मोर्गन कप्तान रहेका छन् ।

लाइभ खेल हेर्न यहाँ क्लिक गर्नुस्

आजै भएको पहिलो खेलमा मराठा अरेबियनविरुद्ध नर्थन अमेजन ९ विकेटले विजयी भएको छ ।

यस्तै आज नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काआवद्ध टिम आबुधावीले पनि खेल्दै छ । समूह ‘बी’ मा रहेको आबुधावीले पहिलो खेलमा कलन्दर्सको सामना गर्न लागेको हो ।

पहिलो पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने तयारीमा रहेका पारस दुई दिन अगाडि टिमको प्रशिक्षणमा समावेश भएका थिए । उनले यो प्रतियोगिताका लागि उत्साहित रहेको धारणा राखेका थिए ।

पारसको टिममा मोइन अलि कप्तान रहेका छन् । यता कलन्दर्सको नेतृत्व पाकिस्तानी क्रिकेट टिमका पूवकप्तान शाहिद अफ्रिदीले सम्हाल्दै छन् । आवुधावी र कलन्दर्सबीचको खेल नेपाली समयअनुसार राति १०ः४५ बजेदेखि सुरु हुनेछ ।

यस्तै यो संस्करणको टी–१० मा अर्का नेपाली क्रिकेटर सन्दप लामिछाने कर्नाटका टसकसबाट खेल्दै छन् । उनले कर्नाटकले पहिलो चरणमै लिएको थियो ।

हासिम आम्ला मार्की खेलाडी रहेको कर्नाटकाले पहिलो चरणमै लिएकाले सन्दीपले ४५ हजार डलर पारिश्रमिक पाउने छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिता अनिवार्य सदस्य बनिसकेका सन्दीप अघिल्लो सिजनमा केरला नाइट्सबाट खेलेका थिए ।

कमेन्ट गर्नुहोस्