टी–१० क्रिकेट लिगमा पारस खड्काको डेब्यू

काठमाडौंः आजदेखि यूएईमा सुरु भएको टी–१० क्रिकेट लिगमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले डेब्यू गरेका छन् ।

उनको यो पहिलो विदेशी लिग हो । पारस टी–१० मा टिम अवुधाबीमा आवद्ध छन् ।

अवुधावीले पहिलो खेलमा कलन्दर्सविरुद्ध टस हारेर ब्याटिङको मौका पाएको छ ।

कलन्दर्स र अवुधाबीबीचको खेल नेपाली समयअनुसार राति १०ः४५ बजेदेखि सुरु हुँदैछ ।

लाइभ खेल हेर्न यहाँ क्लिक गर्नुस्

आजै भएको पहिलो खेलमा मराठा अरेबियनविरुद्ध नर्थन अमेजन ९ विकेटले विजयी भएको छ ।

यस्तै दोस्रो खेलमा शेन वाटसन नेतृत्वको डेक्कन ग्लेडिएटर दिल्ली बुल्ससँग ७ विकेटले पराजित भएको छ ।

कमेन्ट गर्नुहोस्