काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत नेपालले समूह चरणको दोस्रो खेलमा हङकङविरुद्ध टस हारेर ब्याटिङको मौका पाएको छ ।
हङकङविरुद्ध नेपाली टिमका तिव्रत गतिका बलर सोमपाल कामीले नखेल्ने भएका छन् । भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् ।
नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो ।
नेपालको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल
कुशल भुर्तेल
शरद भेषावकर
आरिफ शेख
दीपेन्द्रसिंह ऐरी
विनोद भण्डारी
पवन सर्राफले
करण केसी
अभिनाश बोहरा
ललित नारायण राजवंशी
सुशन भारी