हङकङविरुद्ध ब्याटिङ गर्दै नेपाल, प्लेइङ ११ मा को–कोले पाए मौका?

काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत नेपालले समूह चरणको दोस्रो खेलमा हङकङविरुद्ध टस हारेर ब्याटिङको मौका पाएको छ ।

हङकङविरुद्ध नेपाली टिमका तिव्रत गतिका बलर सोमपाल कामीले नखेल्ने भएका छन् । भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् ।

याे पनि पढ्नुस  बंगलादेशविरुद्ध १०० रन नबनाउँदै नेपालले गुमायाे ८ विकेट !

नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो ।

नेपालको प्लेइङ ११

ज्ञानेन्द्र मल्ल
कुशल भुर्तेल
शरद भेषावकर

आरिफ शेख
दीपेन्द्रसिंह ऐरी

विनोद भण्डारी
पवन सर्राफले

याे पनि पढ्नुस  नेपालविरुद्ध हङकङका शाहको शानदार अर्धशतक

करण केसी
अभिनाश बोहरा

ललित नारायण राजवंशी
सुशन भारी

कमेन्ट गर्नुहोस्