झाङ्गियो मधुमेह

काठमाडौंः चिनी रोगका रूपमा चिनिने मधुमेह उमेर ढल्कँदै गएपछि लाग्ने विश्वास गरिन्थ्यो तर वीर अस्पतालको मधुमेह बहिरङ्गमा दिनहुँजसो बालबालिका र युवासमेत मधुमेह उपचारकै लागि आउने गर्छन् । दुई वर्षदेखि १५ वर्षसम्मका बालबालिका पनि वीर अस्पतालको मधुमेह एकाइमा आउने गरेका छन् ।

यसले देखाउँछ अब चिनी रोग सबै उमेरका मानिसमा नछोड्ने रोग बनिसकेको छ । वीर अस्पतालका वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा। दीपक मल्लले दुई वर्षको बालकलाई समेत मधुमेह भएको जानकारी दिँदै मधुमेह उमेर वृद्धिसँंगै हुन्छ भन्ने गलत धारणा फैलिरहेको बताए । उनले ३० वर्ष कटिसकेपछि अनिवार्य मधुमेह भए नभएको परीक्षण गर्न सुझाव दिए । केही दिन पहिले मैतीदेवी घर भएका एक १४ वर्षीय किशोर मधुमेह लागेर उपचारमा वीर अस्पतालमा आएका थिए ।

याे पनि पढ्नुस  सबैभन्दा पुरानो वीर अस्पतालको नयाँ भवनकै छैन नक्सापास

उनी नियमित चिकित्सकको निगरानीमा छन् । ९५ किलो तौल भएका १४ वर्षीय किशोर मधुमेहको औषधि सेवन गर्न थालेको दुई वर्ष भइसक्यो । तर उनको त तौल घट्न सकेको छ न मधुमेह नै नियन्त्रणमा आउन सकेको छ ।

ती किशोर मात्र मात्र होइन वीर अस्पतालमा दुई वर्षका बालकसम्म मधुमेह लागेर आउने गरेको डा। मल्लले जानकारी दिए । उनका अनुसार मधुमेह लाग्ने मानिसको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । उमेर ढल्कँदै गएका मात्र होइन, बालबालिकादेखि युवासम्मलाई मधुमेहले सताउन थालेको छ । गलत खानपान र सहरी जीवन मधुमेहको प्रमुख कारण बन्दै गएको छ ।

याे पनि पढ्नुस  कोरोना आशंका गरिएकी काठमाडौंकी युवतीको वीर अस्पतालमा मृत्यु

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले मानिसको शरीरमा चिनीको मात्रा बढी भएमा मधुमेह रोग लाग्ने बताउनुभयो । उनले मधुमेहलाई नियन्त्रणमा राख्न नसकेको अवस्थामा पहिलो चरणमा आँखामा समस्या र त्यसपछि मिर्गौलामा असर पार्ने जानकारी पनि दिइन ।

डा. श्रेष्ठका अनुसार, पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, पानीको प्यास लाग्ने, तौल घट्ने, थकान महसुुस गर्ने, शरीरमा घाउचोट देखिने तर निको नहुने मधुमेहका प्रमुख लक्षण हुन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा चार प्रतिशत जनसङ्ख्यामा मधुमेह रहेको छ ।

मधुमेह रोग विशेषज्ञ डा। मल्लले टाइप एक र टाइप दुई गरी मधुमेह दुई प्रकारका हुने जानकारी दिए । टाइप एक कम उमेरमा देखिन्छ भने टाइप दुई विशेषगरी ४० वर्षमाथि उमेर समूहलाई हुन्छ । टाइप दुई मधुमेह जटिल हुँदै जाँदा इन्सुलिन लगाउनुपर्ने अवस्था आउने चिकित्सक बताउँछन् ।

याे पनि पढ्नुस  वीर अस्पतालमा २ जनाको मृत्यु, रिपोर्ट आउन बाँकी

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा १७ करोड १० लाख मानिसमा मधुमेहको समस्या छ । मधुमेह रोग वंशाणुगत रूपमा समेत लाग्ने भन्दै डा। भट्टराईले मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि हुनसक्ने बताउनुभयो । उनले अधिकांश मधुमेह रोगीहरूलाई आफूलाई रोग लागेको पत्तो नहुने भएकाले समय समयमा स्वास्थ्य परीक्षण गरिरहन सुझाव दिए । यो समाचार आजको गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्