काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ । नेपालले २८.४ ओभरमा ३ विकेट गुमाएर एक सय रन पूरा गरेको छ ।
सय रन पूरा गर्न नेपालले महत्वपूर्ण ३ विकेट गुमायो । निकै खराब सुरुवात गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई आज पनि शून्य रनमै गुमायो । यस्तै कुशल भुर्तेल १ र दीपेन्द्रसिंह ऐरी ३७ रनमा आउट भए ।
स्कोर हेर्न यहाँ क्लिक गर्नुस्
हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन ।
भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् ।
नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो ।
नेपालको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल (कप्तान)
कुशल भुर्तेल
शरद भेषावकर
आरिफ शेख
दीपेन्द्रसिंह ऐरी
विनोद भण्डारी
पवन सर्राफले
करण केसी
अभिनाश बोहरा
ललित नारायण राजवंशी
सुशन भारी