हङकङविरुद्ध नेपालको २०० रन, शरद शतक नजिक

काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले २ सय रन पूरा गरेको छ । नेपालले ४६ ओभरमा ६ विकेट गुमाएर २ सय रन पूरा गरेको हो ।

नेपालले छैठौं विकेटका रुपमा विनोद भण्डारीलाई १५ रनमा गुमाउन पुग्याे । यसअघि नेपालले आरिफ शेखलाई ४२, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फलाई शून्य रनमा गुमायो ।

याे पनि पढ्नुस  हङकङका विस्फोटक ब्याट्सम्यान आउट, नेपाल जित नजिक

क्रिजमा अहिले शरद भेषवाकर (८७) र सुशन भारी (३) रहेका छन् ।

स्कोर हेर्न यहाँ क्लिक गर्नुस्

हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन ।

भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् ।

याे पनि पढ्नुस  नेपालविरुद्ध हङकङका शाहको शानदार अर्धशतक

नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो ।

नेपालको प्लेइङ ११

ज्ञानेन्द्र मल्ल (कप्तान)
कुशल भुर्तेल
शरद भेषावकर

आरिफ शेख
दीपेन्द्रसिंह ऐरी

विनोद भण्डारी
पवन सर्राफले

याे पनि पढ्नुस  हङकङको चौथो विकेट गुम्यो, अभिनाशलाई दोस्रो सफलता (स्कोरसहित)

करण केसी
अभिनाश बोहरा

ललित नारायण राजवंशी
सुशन भारी

 

कमेन्ट गर्नुहोस्