काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याइरहेको हङकङले सस्तैमा ४ विकेट गुमाएको छ ।
हकङकले चौथो विकेटका रुपमा शाहिद वासिफलाई १० रनमा गुमाएको हो । उनलाई अभिनाश बोहराले आउट गर्न सफल भए ।
यसअघि उनले नजाकत खानलाई पनि ९ रनमा आउट गरेका थिए । खानलाई अभिनाश बोहराले विकेटकीपर विनोद भण्डारीको हातबाट ‘क्याच आउट’ गराए ।
यसअघि हङकङले दोस्रो विकेटका रुपमा असहन अब्बासीलाई १० र क्यामरून म्याकउस्लानलाई ४ रनमा गुमाउन पुग्यो । उनी दुवैलाई करन केसीले आउट गरेका हुन् ।
सस्तैमा ३ विकेट गुमाए पनि हङकङले उत्कृष्ट ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म हङकङले ११ ओभरमा महत्वपूर्ण ४ विकेट गुमाएर ४६ रन बनाएको छ ।
स्कोर हेर्न यहाँ क्लिक गर्नुस्
यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन बनायो ।
नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे । उनले ९ चौकाको मद्दतमा १३९ बलमा ८९ रन बनाए ।
यस्तै आरिफ शेखले ४२, दीपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, करण केसीले ७ रनकाे याेगदान दिए । कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फ शून्य रनमा आउट भए ।
बलिङमा हङकङका एजाज खानले ३, नसरुल्ला खान र एहसान खानले २–२, अफताब हुसेन र रौनक कपुरले एक–एक विकेट लिए ।
हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन ।
भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् ।
नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो ।
नेपालको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल (कप्तान)
कुशल भुर्तेल
शरद भेषावकर
आरिफ शेख
दीपेन्द्रसिंह ऐरी
विनोद भण्डारी
पवन सर्राफले
करण केसी
अभिनाश बोहरा
ललित नारायण राजवंशी
सुशन भारी