कुवेतविरुद्ध खेल्ने ४ खेलाडी नाइट क्लबमा, एन्फाले गर्‍यो कारबाही

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेत विरुद्ध स्पर्धा गर्ने राष्ट्रिय फुटबल टोलीका ४ जना महत्वपूर्ण खेलाडीमाथि अनुशासनको कारबाही गरेको छ ।

एन्फाले स्टार फोरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अञ्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई कुवेत विरुद्ध खेल्ने टोलीबाट बर्खास्त गरेको छ । चारैजनाको स्थानमा वैकल्पिक खेलाडी भुटानको थिम्पु प्रस्थान गर्नेछन् ।

याे पनि पढ्नुस  गणेश थापाद्वारा कांग्रेस नेता खतिवडालाई ‘ठिक पार्ने’ धम्की

नेपाली टोली शनिबार अपरान्ह भुटान प्रस्थान गदैछ । भुटान प्रस्थान गर्नुअघि शुक्रबार अबेर राति चारैजना खेलाडी ठमेलको नाइट क्लबमा देखिएपछि मुख्य प्रशिक्षक योहान कालिनसँगको सल्लाहपछि कारबाही गरेको जनाइएको छ ।

भुटानमा नेपालले मंसिर ३ गते कुवेत विरुद्ध विश्वकप फुटबल २०२२ को छनोट खेल खेल्ने तय छ ।

याे पनि पढ्नुस  हिजो भेटेको भए एन्फा अध्यक्षलाई झापड हान्थेँः मनाङे

कमेन्ट गर्नुहोस्