काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत नेपालविरुद्ध हङकङक क्रिकेट टिमका किन्चित शाहले शानदार अर्धशतक बनाएका छन् । उनले १ छक्का र ३ चौकाको मद्दतमा ७० बलमा अर्धशतक बनाएका हुन् ।
अन्य खेलाडी धमाधम आउट भइरहेका बेला भारतीय मूलका यी खेलाडीले भने नेपालविरुद्ध उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।
हकङकले छैठौं हारुन अरशदलाई २९ रनमा गुमाएको थियो। उनलाई करन केसीले आउट गरे ।
योसँगै करनलाई तेस्रो सफलता मिलेको छ । यसअघि अभिनाश बोहराले पनि ३ विकेट लिइसकेका छन् ।
स्कोर हेर्न यहाँ क्लिक गर्नुस्
यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन बनायो ।
नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे । उनले ९ चौकाको मद्दतमा १३९ बलमा ८९ रन बनाए ।
यस्तै आरिफ शेखले ४२, दीपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, करण केसीले ७ रनकाे याेगदान दिए । कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फ शून्य रनमा आउट भए ।
बलिङमा हङकङका एजाज खानले ३, नसरुल्ला खान र एहसान खानले २–२, अफताब हुसेन र रौनक कपुरले एक–एक विकेट लिए ।
हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन ।
भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् ।
नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो ।
नेपालको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल (कप्तान)
कुशल भुर्तेल
शरद भेषावकर
आरिफ शेख
दीपेन्द्रसिंह ऐरी
विनोद भण्डारी
पवन सर्राफले
करण केसी
अभिनाश बोहरा
ललित नारायण राजवंशी
सुशन भारी