हङकङका विस्फोटक ब्याट्सम्यान आउट, नेपाल जित नजिक

काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याइरहेको हङकङले सातौं विकेट गुमाएको छ ।

हकङकले सातौं विकेटका रुपमा किन्चित शाहलाई ५३ रनमा गुमाएको हो । उनलाई सुशन भारीले विकेटकीपर विनोद भण्डारीको हातबाट क्याचआउट गराए । यसअघि अभिनाश बोहरा र करन केसीले ३–३ विकेट लिइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म हङकङले ३३.३ ओभरमा महत्वपूर्ण ७ विकेट गुमाएर १ सय १७ रन बनाएको छ ।

स्कोर हेर्न यहाँ क्लिक गर्नुस्

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन बनायो ।

नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे । उनले ९ चौकाको मद्दतमा १३९ बलमा ८९ रन बनाए ।

यस्तै आरिफ शेखले ४२, दीपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, करण केसीले ७ रनकाे याेगदान दिए । कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फ शून्य रनमा आउट भए ।

बलिङमा हङकङका एजाज खानले ३, नसरुल्ला खान र एहसान खानले २–२, अफताब हुसेन र रौनक कपुरले एक–एक विकेट लिए ।

हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन ।

भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् ।

नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो ।

नेपालको प्लेइङ ११

ज्ञानेन्द्र मल्ल (कप्तान)
कुशल भुर्तेल
शरद भेषावकर

आरिफ शेख
दीपेन्द्रसिंह ऐरी

विनोद भण्डारी
पवन सर्राफले

करण केसी
अभिनाश बोहरा

ललित नारायण राजवंशी
सुशन भारी

 

कमेन्ट गर्नुहोस्