काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट लिगको दोस्रो दिनको पहिलो खेलमा बंगला टाइगर्सविरुद्ध डेक्कन ग्लेडिटर्स ६ विकेटले विजयी भएको छ ।
बंगलाले दिएको १ सय ९ रनको लक्ष्य डेक्कनले ९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि कप्तान शेन वाट्सनले ४१, एन्टोन डेभसिचले २७, भानुका राजापाक्षेले १२ रन बनाए ।
यस्तै दान लरेन्स १२ र बेन कटिङ ८ रनमा अविजित रहे ।
बलिङमा बंगलाका डेभिड भिसाले २, क्वाइस अहमद, लियाम प्लन्केटले एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको बंगलाले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर १ सय ८ रन बनायो ।
उसका लागि कोलिन इनग्रामले ३७, रिलि रौसोले २६, टम मरिसले १५, रवि रोबी फ्राइलिंकले नटआउट १२ रन बनाए ।
अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
बलिङमा डेक्कन ग्लेडिटर्सका मिगाएल प्रिटोरियसले २ ओभरमा १० रन दिएर ३ विकेट लिए ।
यस्तै मेसन क्रेन र फवद अहमदले एक–एक विकेट लिए ।
यो लिगमा नेपाली क्रिकेटर पारस खड्का र सन्दीप लामिछाने पनि छन् । सन्दीपआवद्ध टिमको खेल आज साँझ ७ः३० बजे छ ।