टी–१० लिगः दिल्लीविरुद्ध पहिलो ओभरमै सन्दीपलाई सफलता

काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट लिगकाे फ्रेन्चाइज टिम कर्नाटक टस्कर्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पहिलो खेलमै विकेट लिन सफल भएका छन् ।

उनले दिल्ली बुल्सविरुद्ध आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भएका हुन् । उनले मोहम्मद उश्मानको विकेट लिए ।

पहिलो ओभरमा ४ रन मात्र दिएका सन्दीप दोस्रो ओभरमा भने महँगा सावित भए । उनले दोस्रो ओभरमा २ छक्कासहित १६ रन खर्चिन पुगे ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको कर्नाटकले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनायो ।

उसका लागि उपल थरंगाले ४८, शफीकउल्लाले ३४, जनसन चार्ल्सले १३, कप्तान हासिम अमलाले ६ रन बनाए ।

बलिङमा दिल्लीका रवि रामपउलले २, डेबिड विल्ली, र दुश्मन्था चामेराले एक–एक विकेट लिए ।

दिल्लीले पहिलो खेलमा शुक्रबार डेक्कन ग्लेडिटर्सलाई ७ विकेटले हराएको थियो । दिल्लीमा कप्तान इओन मोर्गन कप्तान रहेका छन् ।

पहिलो खेलमा उनले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई जित दिलाएका थिए । शेन वाट्सन डेक्कनविरुद्ध मोर्गनले नटआउट ५२ रन हिर्काएका थिए ।

यता सन्दीपआवद्ध कर्नाटकमा दक्षिण अफ्रिकी क्रिकेट टिमका पूव क्रिकेटर हासिम अमला कप्तान छन् । टी–१० लिगको जारी संस्करणमा कर्नाटकको यो पहिलो खेल हो ।

 

टस हारेर ब्याटिङको मौका पाएको कर्नाटकले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनायो ।

उसका लागि उपल थरंगाले ४८, शफीकउल्लाले ३४, जनसन चार्ल्सले १३, कप्तान हासिम अमलाले ६ रन बनाए ।

बलिङमा दिल्लीका रवि रामपउलले २, डेबिड विल्ली, र दुश्मन्था चामेराले एक–एक विकेट लिए ।

दिल्लीले पहिलो खेलमा शुक्रबार डेक्कन ग्लेडिटर्सलाई ७ विकेटले हराएको थियो । दिल्लीमा कप्तान इओन मोर्गन कप्तान रहेका छन् ।

पहिलो खेलमा उनले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई जित दिलाएका थिए । शेन वाट्सन डेक्कनविरुद्ध मोर्गनले नटआउट ५२ रन हिर्काएका थिए ।

यता सन्दीपआवद्ध कर्नाटकमा दक्षिण अफ्रिकी क्रिकेट टिमका पूव क्रिकेटर हासिम अमला कप्तान छन् । टी–१० लिगको जारी संस्करणमा कर्नाटकको यो पहिलो खेल हो ।

कमेन्ट गर्नुहोस्