टी–१० लिगमा सन्दीपआवद्ध कर्नाटकको विजयी सुरुवात

काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध कर्नाटक टस्कर्सले विजयी सुरुवात गरेको छ ।

आफ्नो पहिलो खेलमा दिल्ली बुल्सलाई १९ रनले हराउँदै कर्नाटकले लिगमा विजयी सुरुवात गरेको हो ।

कर्नाटकले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्याे ।

उसका लागि एन्जेलो म्याथ्यूजले ३१, कप्तान इओन मोर्गनले २१, कुसल परेराले ९, मोहम्मद उश्मानले ८, पउल स्टर्लिङले ७, अलि खानले ६ रन बनाए ।

बलिङमा कर्नाटकका नेथन रिम्मिंग्टनले ३, अहमद राजा, प्याट ब्राउनले २–२, सन्दीप लामिछानेले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको कर्नाटकले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनायो ।

उसका लागि उपल थरंगाले ४८, शफीकउल्लाले ३४, जनसन चार्ल्सले १३, कप्तान हासिम अमलाले ६ रन बनाए ।

बलिङमा दिल्लीका रवि रामपउलले २, डेबिड विल्ली, र दुश्मन्था चामेराले एक–एक विकेट लिए ।

दिल्लीले पहिलो खेलमा शुक्रबार डेक्कन ग्लेडिटर्सलाई ७ विकेटले हराएको थियो ।

कमेन्ट गर्नुहोस्